कतार पठाइदिन्छु भनी झण्डै ३ लाख ठगी गर्ने १ जना पक्राउ

कतार पठाइदिन्छु भनी झण्डै ३ लाख ठगी गर्ने १ जना पक्राउ


काठमाण्डु – कतार पठाइदिन्छु भनी झण्डै ३ लाख ठगी गर्ने १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरी टोलीले सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१ घर भई हाल काठमाण्डुको कागेश्वरी मनोहरा नगरपालिका–९ गोठाटार बस्ने २२ वर्षीय कैलाश गिरीलाई पक्राउ गरेको हो ।

उनले भाष्करदत्त भट्टलाई वैदेशिक रोजगारीका लागि कतार जान ३ लाख खर्च लाग्ने र कतार पुगेपछि चालकको काममा मासिक ८० हजार रुपैयाँभन्दा धेरै तलब हुने प्रलोभनमा पारी पीडितबाट पटक–पटक गरी २ लाख ९४ हजार रुपैयाँ लिएका थिए ।

रकम लिइसकेपछि उनी सम्पर्कविहीन भएका थिए । उनले ठगी गरेर पैसा लिएपछि कार्यालयबाट खटिएको प्रहरी टोलीले गिरीलाई गोठाटारबाट पक्राउ गरेको छ ।

ठगी सम्बन्धमा थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।