काठमाण्डु – मासिक १ लाख तलब पाइने जागिरको प्रलोभनमा पारेर २१ लाख गर्ने व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
रोमानिया पठाइदिन्छु भन्दै २१ लाख ३६ हजार रूपैयाँ ठगी गरेको अभियोगमा दोलखाको मेलुङ गाउँपालिका–२ घर भई काठमाण्डु महानगरपालिका–२४ बाङगेमुढा बस्ने ५० वर्षीय ढालबहादुर बुढाथोकीलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
बुढाथोकी समेतले १४ जनालाई वैदेशिक रोजगारीका लागि रोमानिया पठाई फूड प्याकिङमा मासिक १ लाख रूपैयाँ तलबमा काम लगाइदिन्छु भन्दै प्रलोभनमा पारी पीडितहरूबाट पटक–पटक गरी २१ लाख बढी रकम ठगी गरेकाले काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई काठमाण्डु महानगरपालिका–२५ असनबाट पक्राउ गरेको छ ।
थप अनुसन्धान तथा कारवाहीका लागि उनलाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया