अमेरिकामा ४ लाख तलब हुने प्रलोभनमा पारेर साढे २३ लाख ठगी गर्ने महिला पक्राउ

अमेरिकामा ४ लाख तलब हुने प्रलोभनमा पारेर साढे २३ लाख ठगी गर्ने महिला पक्राउ


काठमाण्डु – अमेरिका पठाएर रोजगारी दिलाई मासिक ४ लाख तलब हुने प्रलोभनमा पारेर साढे २३ लाख ठगी गर्ने महिला पक्राउ परेकी छन् ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनले काठमाण्डुको बुढानिलकण्ठ नगरपालिका–६ भंगाल चपली बस्ने ३४ वर्षीया बेन्जु महतलाई पक्राउ गरेको छ ।

उनले अमरबहादुर पुनलाई वैदेशिक रोजगारीको लागि अमेरिका पठाउन ५० लाख लाग्ने र अमेरिका पुगेपछि प्रतिष्ठित कम्पनीमा काम गरेर मासिक ४ लाख तलब हुने प्रलोभनमा पारेर पटक–पटक गरी २३ लाख ५० हजार ठगी गरेको आरोप छ ।

साढे २३ लाख रकम लिई सम्पर्कविहीन भएर ठगी गरेकोमा प्रहरी कार्यालयबाट खटिएको टोलीले उनलाई पक्राउ गरी थप अनुसन्धान तथा कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाएको प्रवक्ता प्रहरी उपरीक्षक रविन्द्र रेग्मीले जानकारी दिए ।