बिल नभएको चाँदीसहित १ जना पक्राउ


उदयपुर – जिल्लाको त्रियुगा नगरपालिका–६ जलजले ढाटबाट बिल नभएको चाँदी २ किलो २९८ ग्राम ५६० मिलिग्रामसहित १ जना पक्राउ परेका छन् ।

सप्तरीको शम्भुनाथ नगरपालिका–९ बस्ने २२ वर्षीय सन्तोष विकलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय जलजलेबाट खटिएको प्रहरी टोलीले विकलाई कम्मरमा भिरेको झोलामा लुकाई ल्याएको चाँदीसहित पक्राउ गरेको छ ।

बरामद चाँदी सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement