हत्यामा संलग्न रहेको अभियोगमा १ जना पक्राउ


काठमाण्डु – ललितपुरको ईमाडोल गाविस–२ घर भएका ३३ वर्षीय धर्मराज विष्टको हत्या भएको घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले धादिङको गंगा जमुना गाउँपालिका–७ घर भई ललितपुरको ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सविता थापा (अधिकारी) भन्ने सोभिता थापालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

ललितपुर महानगरपालिका–२२ शंखमुलस्थित २०६४ असार २६ गते विष्टलाई सोभिता थापाको योजनामा सहोदर भाइ विनोद थापासहित ३ जनाको समूहले कुटपिट गरी सख्त घाइते बनाएकोमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनापश्चात फरार रहेकी सोभितालाई काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले ललितपुर ढोलाहिटीबाट पक्राउ गरेको छ ।

उनलाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत ललितपुर बुझाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement