हत्या गरेको अभियोगमा १ जना पक्राउ


झापा – जिल्लाको भद्रपुर नगरपालिका–२ बस्ने ३५ वर्षीय सनम भन्ने गंगा राईको हत्या गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

प्रहरीले स्थानीय ३० वर्षीय कमानसिंह राईलाई बिहीबार बिहान पक्राउ गरेको छ ।

कमानको घरमा बुधबार राति गएर सुतेका गंगालाई पुरानो रिसइबीका कारण कमानले सुतिरहेको अवस्थामा फलामको खन्ती प्रहार गर्दा घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय पृथ्वीनगर र जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

हत्या सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement