१२ किलो चरेशसहित २ जना पक्राउ


पर्सा – जिल्लाको वीरगञ्ज महानगरपालिका–८ घण्टाघरस्थित नारायणी गेष्ट हाउसबाट अवैध लागूऔषध चरेशसहित २ जना पक्राउ परेका छन् ।

प्रहरीले करीब १२ किलो २४० ग्रामसहित चरेशसहित भारतको बिमान थाना जमुवजारी ग्राम डुमरा बस्ने २२ वर्षीय आरिफ रजा समेत २ जनालाई शुक्रबार दिउँसो पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा खटिएको प्रहरी टोलीले गेष्ट हाउस तलासी गर्दा चरेश फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।

चरेश सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement