कौडा खेलिरहेको अवस्थामा ५ जना पक्राउ


काभ्रे – जिल्लाको धुलिखेल नगरपालिका–९ ढुंगाखानीस्थित शुभान होटलमा कौडा खेलिरहेको अवस्थामा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ ।

धुलिखेल नगरपालिका–१० बस्ने ४० वर्षीय अमृत लामा समेत ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २० हजार ६८० रूपैयाँ र कौडा १५ वटासहित पक्राउ गरेको छ ।

कौडा सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement