अवैध लागूऔषधसहित विभिन्न स्थानबाट ७ जना पक्राउ


काठमाण्डु – अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट प्रहरीले ७ जनालाई पक्राउ गरेको छ ।

रूपन्देहीको रोहिणी गाउँपालिका–३ रामनगरबाट अवैध लागूऔषध ब्राउनसुगर ७५ ग्राम ४१० मिलिग्रामसहित चैनपुरूवा बस्ने १८ वर्षीय किशोर समेत ३ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रूपन्देही समेतबाट खटिएको प्रहरीले लु४८प ८८७२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका–११ धमिली पुलबाट अवैध लागूऔषध गाँजा करीब १ किलोसहित भरतपुर–३ बेलटाँडी बस्ने १९ वर्षीय आसिक मियाँलाई शुक्रबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरीले ना२प ९९९७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनलाई गाँजासहित पक्राउ गरेको छ ।

चितवनको भरतपुर महानगरपालिका–३ पुलचोकबाट अवैध लागूऔषध गाँजा २ किलोसहित भरतपुर–२ बेलटाडी बस्ने २४ वर्षीय विदुर उप्रेतीलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय नारायणगढबाट खटिएको प्रहरीले बा प्र ०३००३ प ८१६७ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई गाँजासहित पक्राउ गरेको छ ।

चितवनको राप्ती नगरपालिका–१ लोथरबाट अवैध लागूऔषध ब्राउनसुगर करीब ५ ग्रामसहित २ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा भरतपुर महानगरपालिका–१६ बस्ने ३० वर्षीय सन्दिप पन्त र भरतपुर–४ लंकु बस्ने २९ वर्षीय विधान गुरूङ छन् ।

ईलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको प्रहरीले गण्डकी प्रदेश ०४–००१ प १९६७ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।

लागूऔषध सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement