छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेका ३५ जना पक्राउ


काठमाण्डु – प्रहरीले देशभर छुट्टाछुट्टै स्थानमा जुवातास खेलिरहेका ३५ जनालाई पक्राउ गरेको छ ।

काठमाण्डुको नागार्जुन नगरपालिका–१ रानिवनस्थित चिया पसलमा जुवातास खेलिरहेको अवस्थामा काठमाण्डुको रानिवन बस्ने गोरखाको ताकुकोट–४ घर भएका ३५ वर्षीय सुजन थापा समेत १३ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ३७ हजार ८२५ रूपैयाँ र १ बुक ताससहित पक्राउ गरेको छ ।

काठमाण्डुको नागार्जुन नगरपालिका–१ रानिवन सनराइज हाइटस्थित रिता भट्टको घरमा जुवातास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने धादिङको चरौदी घर भएका ३५ वर्षीय रामजी उप्रेती समेत ६ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त स्वयम्भूबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद १ लाख ३२ हजार ५०० रुपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।

कास्कीको पोखरा महानगरपालिका–१९ लामाचौरस्थित निर्मला पुनको घरमा जुवातास खेलिरहेको अवस्थामा पोखरा–१९ गैरीखोर बस्ने ३२ वर्षीया रिया गर्बुजा समेत ६ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६५ हजार ६३० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको छ ।

ललितपुरको ललितपुर महानगरपालिका–१८ नख्खूस्थित रूम्बा खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा ललितपुर महानगरपालिका–४ नख्खु बस्ने धादिङको निलकण्ठ नगरपालिका–४ घर भएका ४४ वर्षीय राजेन्द्रबहादुर आलेमगर समेत १० जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद २ लाख ६ हजार ७२५ रुपैयाँ र २ बुक ताससहित पक्राउ गरेको छ ।

जुवातास सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement