जबरजस्ती करणी गरेको आरोपमा २ जना पक्राउ


काठमाण्डु – प्रहरीले जबरजस्ती करणी गरेको आरोपमा छुट्टाछुट्टै स्थानबाट २ जनालाई पक्राउ गरेको छ ।

तनहुँकी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा ब्यास नगरपालिका–१० डिगाउँ बस्ने लमजुङको मध्यनेपाल नगरपालिका–१ जितबेसी घर भएका ३० वर्षीय रघु विकलाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विकले ती किशोरीलाई ब्यास नगरपालिका–४ स्थित होटलमा लगेर सोमबार जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय तनहुँबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

यसैगरी, दाङकी ६१ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा घोराही उपमहानगरपालिका–१६ बस्ने ५२ वर्षीय गोपाल विकलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विकले ती महिलालाई मंगलबार जबरजस्ती करणी गरी फरार भएको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरी टोलीले उनलाई घोराही उपमहानगरपालिका–१६ लमडरूवाबाट पक्राउ गरेको छ ।

घटना सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement