माओवादीका पूर्व कमाण्डर कालीबहादुर खाम पक्राउ


काठमाण्डु – कोटेश्वरका व्यापारी रामहरि श्रेष्ठको हत्या आरोप लागेका तत्कालीन माओवादीका पूर्व कमाण्डर कालीबहादुर खाम पक्राउ परेका छन् ।

उनलाई जिल्ला प्रहरी परिसर काठमाण्डुको टोलीले मंगलबार दिउँसो ठमेलबाट पक्राउ गरेको परिसर प्रमुख एसएसपी भूपेन्द्र खत्रीले जानकारी दिए ।

व्यापारी श्रेष्ठको अपहरणपछि हत्या गरेको आरोप उनीमाथि लागेको छ । उनी विगत १५ वर्षदेखि फरार थिए ।

प्रतिक्रिया दिनुहोस
Advertisement