भरूवा बन्दुकसहित २ जना पक्राउ


रौतहट – जिल्लाको चन्द्रपुर नगरपालिका–१ पौराईबाट अवैध भरूवा बन्दुक १ थानसहित २ जनालाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने ३४ वर्षीय शेरब सिंह गोले र उनकै ज्वाई नाता पर्ने ३५ वर्षीय धर्मजित स्याङतान रहेका छन् ।

विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय चपुर र प्रहरी चौकी पौराईबाट खटिएको प्रहरी टोलीले गोलेको घर तलासी गर्दा भकारीभित्र लुकाएर राखेको अवस्थामा बन्दुक फेला पारी दुवै जनालाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement