अवैध लागूऔषध गाँजासहित छुट्टाछुट्टै स्थानबाट ४ जना पक्राउ


काठमाण्डु – अवैध लागूऔषध गाँजासहित प्रहरीले छुट्टाछुट्टै स्थानबाट ४ जनालाई पक्राउ गरेको छ ।

सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका–१ कोशी ब्यारेजबाट अवैध लागूऔषध गाँजा करीब ५ किलोसहित २५ वर्षीय ललकु सदालाई आईतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

ईलाका प्रहरी कार्यालय भारदहबाट खटिएको प्रहरीले उनलाई गाँजासहित पक्राउ गरेको छ ।

तनहुँको आँबुखैरेनी गाउँपालिका–२ स्थित सडकबाट अवैध लागूऔषध गाँजा २ किलो ५०० ग्रामसहित २ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा गोरखाको सिरानचोक गाउँपालिका–२ बस्ने २४ वर्षीय विनोद गुरुङ र काठमाण्डुको बुढानिलकण्ड नगरपालिका–४ बस्ने २५ वर्षीय आशिष थापा रहेका छन् ।

ईलाका प्रहरी कार्यालय आँबुखैरेनीबाट खटिएको प्रहरीले उनीहरूलाई गाँजासहित पक्राउ गरेको छ ।

दोलखाको भिमेश्वकर नगरपालिका–५ किरातिछापस्थित सडकबाट अवैध लागूऔषध गाँजा २ किलो ९२२ ग्रामसहित बैतेश्वर गाउँपालिका–५ मैनापोखरी बस्ने २६ वर्षीय दिपक मिजारलाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी किरातिछापबाट खटिएको प्रहरीले बा५ख ८०३१ नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई गाँजासहित पक्राउ गरेको छ ।

बरामद गाँजा सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement