नाबालिकालाई वेश्यावृत्तिमा लगाउने महिला पक्राउ, ७ युवतीको उद्धार


काठमाण्डु – नाबालिकालाई वेश्यावृत्तिमा लगाएको अभियोगमा प्रहरीले तारकेश्वार नगरपालिका–११ हिलेटोलस्थित पश्चिबम युना खाजाघरकी सञ्चालक बर्दियाको बाँसगढी नगरपालिका–१ घर भएकी २६ वर्षीया मुनु गुरूङलाई पक्राउ गरेको छ ।

खाजा घरमा नाबालिकाहरूलाई विभिन्न डरत्रास र प्रलोभनमा पारी वेश्यावृत्तिमा लगाउने गरेको भन्ने सूचनाको आधारमा मानव बेचबिखन अनुसन्धान ब्यूरो बबरमहलबाट खटिएको प्रहरीले मुनुलाई सोही टोलबाट पक्राउ गरेको छ ।

खाजाघरबाट २ जना नाबालिकासहित ७ जना युवतीहरूको प्रहरीले उद्धार समेत गरेको छ । उनीउपर मानव बेचबिखन तथा ओसारपसार मुद्दामा जिल्ला अदालत काठमाण्डुबाट ५ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement