जबरजस्ती करणी गरेको अभियोगमा २२ वर्षीय युवक पक्राउ


बर्दिया – प्रहरीले बर्दियामा जबरजस्ती करणी गरेको अभियोगमा २२ वर्षीय युवकलाई पक्राउ गरेको छ ।

प्रहरीले ११ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गुलरिया नगरपालिका–४ कैलाशनगर नयाँबस्ती टोल बस्ने २२ वर्षीय अर्जुन सुनारलाई बुधबार बिहान पक्राउ गरेको छ ।

सुनारले बालिकालाई चैत २१ गते जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय बर्दियाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement