लागूऔषधसहित १ जना पक्राउ


काठमाण्डु – राजधानीको काठमाण्डु महानगरपालिका–३ नारायण गोपाल चोकबाट प्रहरीले लागूऔषधसहित १ जनालाई पक्राउ गरेको छ ।

लागूऔषध प्रोमेथाजाइन ३७ एम्पुल, डाइजेपाम ३४ एम्पुल र बुप्रेनोर्फिन ३३ एम्पुलसहित दोलखाको मेलुङ गाउँपालिका–४ घर भई काठमाण्डुको बौद्ध जोरपाटी बस्ने ३१ वर्षीय सरोज श्रेष्ठलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले बा२२प ५२४८ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनलाई लागूऔषधसहित पक्राउ गरिएको छ । लागूऔषध सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement