अस्पतालबाट हतकडीसहित भागेका कैदी पक्राउ


काठमाण्डु- काठमाण्डुको महाराजगञ्ज स्थित शिक्षण अस्पतालबाट हतकडीसहित भागेका नख्खु कारागारका कैदी पक्राउ परेका छन्। जिल्ला प्रहरी परिसर ललितपुरका बरिष्ठ प्रनानी रमेश बजगाईं नेतृत्वको टाेलीले फरार कैदी भोला बुढाथोकीलाई बिहीबार बिहान महालक्ष्मी नगरपालिका-८ लुभुबाट पक्राउ गरेको हाे ।

कर्तव्य ज्यानको मुद्दामा कैद भुक्तान गरिरहेका रामेछाप घर भएका ३८ वर्षीय बुढाथोकीको आँखामा झुसेली कीरा परेर समस्या देखिएपछि पहिले देखिनै उपचार हुँदै आएको थियो । फलोअपको लागि बुधबार उनलाई अस्पताल लगिएकाे थियाे । तर, उनी प्रहरीको आँखा छलेर एक हातमा हतकडी नै लिएर अस्पतालबाट भागेका थिए । उपचारको लागि कैदीबन्दीको एउटा हतकडी खोल्ने गरिन्छ ।

त्यसलगत्तै काठमाडौं उपत्यका प्रहरी कार्यालयले साे प्रकरणमा छानबिन गर्न प्रहरी उपरीक्षक देवेन्द्रबहादुर पालको संयोजकत्वमा ४ सदस्यीय समिति गठन गरेकाे थियाे । कैदी फरार भएपछि नेपाल प्रहरी अनाश्रित गुल्म नख्खुको कार्यालय प्रमुखलाई जिम्मेवारीमा हटाई कैदीको सुरक्षामा खटिएका प्रहरी कर्मचारीलाईसमेत निलम्बन गरिएको सूचना जारी भएकाे थियाे।

प्रतिक्रिया दिनुहोस
Advertisement