कटुवा पेस्तोलसहित ३ जना पक्राउ


बाँके – जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१३ लोनियनपुरूवाबाट कटुवा पेस्तोल १, पेस्तोलको गोली १ र मोबाइल ३ थानसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–२३ बस्ने सदराम बागवान, साकिर अली बागवान र सोही उपमहानगरपालिका–१४ बस्ने हुसेन बागवान छन् ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले भे६प ४९०२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई पेस्तोलसहित फेला पारी पक्राउ गरेको छ ।
पेस्तोल सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement