नक्कली लाइसेन्स प्रकरणमा यातायातका पूर्व कर्मचारी पक्राउ


काठमाण्डु – नक्कली लाइसेन्स वितरण प्रकरणमा प्रहरीले यातायात व्यवस्था विभागका पूर्व कर्मचारी हरिश भट्टलाई पक्राउ गरेको छ ।

करीब १ दशक भट्टले करार सेवामा विभागमा काम गरेका थिए । विभागमा कार्यरत हुँदा उनले नक्कली लाइसेन्स बनाउन सहयोग गरेको आरोप छ ।

केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का एआईजी श्यामलाल ज्ञवालीले भट्टलाई काठमाण्डुबाट नियन्त्रण लिइएको बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement