वैदेशिक रोजगारीमा पठाइदिने प्रलोभनमा पारेर ठगी गर्ने गिरोहका ६ जना पक्राउ


काठमाण्डु – वैदेशिक रोजगारका लागी विदेश पठाइदिन्छु भन्दै करोडौं रकम ठगी गर्ने गिरोहका व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले विदेश पठाइदिने बहानामा ठगी गरेको आरोपमा ६ जनालाई पक्राउ गरेको छ ।

आरोपीहरूले न्युजिल्यान्ड, रोमानिया, थाइल्यान्ड लगायत मुलुकमा पठाउने नाममा ठगी गर्दै आएको पाइएको छ । पक्राउ परेकाहरूलाई कार्यालयले मंगलबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ ।

धादिङका रमेश बयलकोटी गिरोहका मुख्य अभियुक्त रहेको प्रहरीले जनाएको छ । गिरोहले ४२२ जनासँग ३ करोडभन्दा बढी ठगी गरेको बताइएको छ ।

भिसा प्लस कन्सल्टेन्सीका नाममा ठगी धन्दा चलाउँदै आएको गिरोहले न्युजिल्यान्ड पठाउने नाममा जनही १७ तथा रोमानिया पठाउने नाममा ७ लाखसम्म ठगी गर्ने गरेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement