बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा १ जना पक्राउ


पाल्पा – १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।

जिल्लाको रम्भा गाउँपालिका–४ बक्चौर बस्ने ७५ वर्षीय पदम बहादुर खनाललाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

खनालले बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी कार्यालय पाल्पा र प्रहरी चौकी आर्यभन्ज्याङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।

घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement