जुवातास खेलिरहेको अवस्थामा ७ जना पक्राउ


काठमाण्डु – राजधानीको काठमाण्डु महानगरपालिका–१४ लामपटीबाट प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।

स्थानीय आनन्द श्रेष्ठको घरमा जुवातास खेलिरहेको अवस्थामा नुवाकोट घर भएका ४० वर्षीय किरण राना मगर समेत ७ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नगद ६० हजार ३०० रुपैयाँ र १ बूक ताससहित पक्राउ गरेको छ । जुवातास सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement