कटुवा पेस्तोलसहित १ जना पक्राउ

कटुवा पेस्तोलसहित १ जना पक्राउ


काठमाण्डु – जिल्लाको बुढानिलकण्ठ नगरपालिका–११ कपन पैंयुटार डेरा गरी बस्ने सिन्धुपालचोकको हेलम्बु गाउँपालिका–२ घर भएका २३ वर्षीय अर्जुन दर्नाल सुनारलाई १ थान कटुवा पेस्तोलसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनको कोठा तलासी गर्दा पेस्तोल फेला पारी पक्राउ गरेको हो ।

पेस्तोल सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।