राम्रा देशमा पठाइदिने भन्दै करिब १५ करोड ठगी गर्ने चार जना पक्राउ

राम्रा देशमा पठाइदिने भन्दै करिब १५ करोड ठगी गर्ने चार जना पक्राउ


काठमाण्डु – अमेरिका, कम्बोडिया, न्युजिल्यान्ड र फ्रान्स पठाइदिन्छु भन्दै करिब १५ करोड रकम ठगी गर्ने चार जनालाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको छ ।

तीन सय जना भन्दा बढी मानिसहरूसँग अमेरिका कम्बोडिया, न्यजिल्यान्ड, फ्रान्स लगायतका देशहरूमा पठाइदिने भन्दै १५ करोड रुपैयाँ ठगी गर्ने तीन जनालाई अनुसन्धानको क्रममा पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयलका प्रहरी वरिष्ठ उपरीक्षक सानुराम भट्टराईले जानकारी दिए। मंगलबार पत्रकार सम्मेलन गरी कार्यालयले पक्राउ गरिएको जानकारी दिएको हो ।

पक्राउ पर्नेहरूमा चितवन जिल्ला भरतपुर महानगरपालिकाका २८ वर्षीय राजकुमार भट्ट, कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाका २२ वर्षीय नविन विक र कास्की जिल्ला पोखरा महानगरपालिकाका २३ वर्षीय पवन पन्त रहेका भट्टराईले बताए ।

अमेरिका पठाउने ठगी गर्ने सोलुखुम्बु जिल्ला घर भएका ४६ वर्षे नारायणकुमार खड्कालाई पनि प्रहरीले पक्राउ गरेको छ।

वैदेशिक रोजगारीको प्रलोभन देखाएर ३ सय जनाभन्दा बढीलाई ठगी गर्ने कार्यमा संलग्न भएर उनीहरुले विगत ३, ४ वर्षयता ३०० जनाभन्दा बढी मानिसबाट ५ देखि १० लाखका दरले १५ करोड भन्दा बढी ठगी गरेको प्रहरीले बताएको छ ।

उनीहरूले फेसबुक म्यासेन्जर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालमा नक्कली खाता खोजेर उनीहरुले वैदेशिक रोजगारीका लागि कम्बोडिया, न्युजिल्यान्ड, फ्रान्स लगायतका देशमा लैजाने भनेर विज्ञापन गर्दै ठगी गर्ने गरेको पाइएको छ।

पक्राउ पर्नेहरूले विभिन्न व्यक्तिहरूको खातामा रकम जम्मा गराइ फेरि जम्मा हुन आएका रकमहरू चेकमार्फत निकाल्न लगाएर भने बमोजिमका मानिसहरुलाई दिन लगाएर ठगी गर्ने गरेको खुलेको छ।

प्रहरीमा नवीन चौधरीसहित १५ जनाले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।