लाइट स्टोन देखाएर ठगी गर्ने ३ जना पक्राउ

लाइट स्टोन देखाएर ठगी गर्ने ३ जना पक्राउ


भक्तपुर – लाइट स्टोन देखाएर ठगी गरेको अभियोगमा प्रहरीले ३ जनालाई सोमबार पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दोलखाको भिमेश्वर नगरपालिका–६ घर भई काठमाण्डुको चन्द्रागिरी बस्ने ३७ वर्षीय अम्मर बहादुर तामाङ, नुवाकोटको शिवपुरी गाउँपालिका–३ घर भई काठमाण्डुको सितापाईला बस्ने ४२ वर्षीय दिल बहादुर दमाई र नुवाकोट दुप्चेश्वर नगरपालिका–५ घर भई भक्तपुरको दधिकोट बस्ने ३३ वर्षीय सुनिल तामाङ छन् ।
अमर बहादुरले आफूसँग लाइट स्टोन छ भन्दै लगानी गरेमा फाइदा हुन्छ भनी पीडितलाई प्रलोभन देखाएर जेठ २१ गते भक्तपुरको सूर्यविनायक नगरपालिका–४ तर्खाल चौर नजिकै बोलाएर १० लाख ठगी गरेको भन्ने उजुरीको आधारमा काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालय भक्तपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई बालकोटबाट पक्राउ गरेको छ ।
आरोपीहरूलाई आवश्यक कारवाहीको लागि प्रहरी वृत्त ठिमी भक्तपुरमा बुझाइएको प्रहरीले जनाएको छ ।