बाँके – जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका–१२ बेलासपुरबाट हुण्डी कारोबारमा संलग्न रहेको अभियोगमा ४ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा नेपालगञ्ज उपमहानगरपालिका–१८ बस्ने २९ वर्षीय राजेश भुजु श्रेष्ठ, सोही उपमहानगरपालिका–३ बस्ने २५ वर्षीय सोयब कादरी हलवाई, कोहलपुर नगरपालिका–७ बस्ने २९ वर्षीय निम बहादुर बोहरा र नेपालगञ्ज उपमहानगरपालिका–३ बस्ने कञ्चनपुरको भीमदत्त नगरपालिका–७ घर भएका ३० वर्षीय राहुल देवल रहेका छन् ।
बेलासपुरस्थित नविल रेफ्रिजिरेटर एण्ड एयर कन्डिशन वर्कशप नामको टिभी फ्रिज मर्मत गर्ने पसलमा हुण्डी कारोबार भइरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले पसलबाट नगद २४ लाख ६२ हजार ३१५ रुपैयाँसहित उनीहरूलाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया