मोरङ – विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाँटबाट अवैध लागूऔषध खैरो हेरोइन १ ग्रामसहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुन्दरहरैचा नगरपालिका–४ बस्ने २१ वर्षीय मनिष चौधरी र २५ वर्षीय अशोक ऋषिदेव छन् ।
लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई पक्राउ गरेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया