बाँके – डीएसपी हुँ भनी ठगी गरेको अभियोगमा दैलेखको नारायण नगरपालिका–५ बस्ने ३० वर्षीय नैनसिंह विकलाई प्रहरीले पक्राउ गरेको छ ।
विकले विभिन्न सरकारी कार्यालयहरूमा गई आफू सीआईबी प्रहरी र राष्ट्रिय अनुसन्धानको डीएसपी हुँ भनी अनुगमनको सिलसिलामा आएको भन्दै कार्यालय प्रमुख र अन्य कर्मचारीहरूसँग भेटेर कुराकानी गर्ने र सर्वसाधारणलाई ठगी गर्ने गरेको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई कोहलपुर नगरपालिका–११ एनटीभी रोडबाट पक्राउ गरेको छ ।
घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया