काठमाण्डु – प्रहरीले देशभर विभिन्न जिल्लाबाट अवैध लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको छ ।
डोल्पाको ठुलीभेरी नगरपालिका–३ दुनैबाट अवैध लागूऔषध चरेश करीब १० ग्राम ७४ मिलिग्रामसहित ३ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा त्रिपुरासुन्दरी नगरपालिका–८ बस्ने ३६ वर्षीया सितली विक, रूकुम पश्चिमको आठबीसकोट नगरपालिका–११ बस्ने २३ वर्षीय नविनजंग शाह र २१ वर्षीय करण पुन मगर रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय डोल्पाबाट खटिएको प्रहरीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
कैलालीको धनगढी उपमहानगरपालिका–१३ बस्ने २८ वर्षीय भज्जि रानालाई अवैध लागूऔषध ब्राउनसुगर ८० मिलिग्रामसहित बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी कैलालीगाउँबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको छ ।
मोरङको सुनवर्सी नगरपालिका–६ बालुबारी बस्ने ३० वर्षीया मधुदेवी मेहतालाई अवैध लागूऔषध गाँजा करीब ३ किलो ७९० ग्रामसहित शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी डाइनिया र ईलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरी टोलीले उनको घर तलासी गर्दा गाँजा फेला पारी उनलाई पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया