अमेरिका पठाउने प्रलोभनमा ५४ लाख ठगी गरेको आरोपमा १ महिला पक्राउ

अमेरिका पठाउने प्रलोभनमा ५४ लाख ठगी गरेको आरोपमा १ महिला पक्राउ

प्रतिकात्मक तस्वीर

काठमाण्डु – अमेरिका पठाइदिने प्रलोभन देखाएर ठगी गर्ने १ महिला पक्राउ परेकी छन् ।

पक्राउ पर्नेमा अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका–७ दुविचौरका २१ वर्षीया लक्ष्मी माझी छिन् ।

अमेरिकामा मासिक २ लाख रुपैयाँ तलब हुने र काम पनि सजिलो हुने प्रलोभन देखाएर उनले ५४ लाख ७ हजार ८७० रुपैयाँ लिएर फरार भएकी थिइन् ।

काठमाण्डु उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई काठमाण्डुको तारकेश्वरबाट पक्राउ गरेको छ । कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक काजी कुमार आचार्यले थप अनुसन्धान एवं कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाण्डु पठाइएको जानकारी दिए ।