ग्वार्कोबाट चोरी भएको गाडी गोगंबुमा भेटियो, एकजना पक्राउ


ललितपुर – ललितपुरको ग्वार्कोबाट चोरी भएको गाडी काठमाडौं नयाँबसपार्कस्थित गोगंबुमा फेला परेको छ । चोरीको गाडीसहित प्रहरीले एक जनालाई पक्राउ पनि गरेको छ ।

बा।६च ४४२५ नम्बरको डीआई गाडी चोरी भएको भनि महानगरीय प्रहरी कार्यालय रानीपोखरीको कन्ट्रोलबाट खबर प्राप्त भएपछि खटिएको प्रहरी टोलीले नयाँबसपार्कको आकाशेपुल मुनि मंगलवार चेकजाँच गर्ने फेला पारेको हो ।

माछापोखरीबाट बीजी महलतर्फ आउँदै गरेको अवस्थामा चालकसहित गाडी नियन्त्रणमा लिएको महानगरीय प्रहरी प्रभाग नयाँबसपार्कका इन्सपेक्टर मोहन विक्रम केसीले जानकारी दिए ।

पक्राउ पर्नेमा ललितपुर महालक्ष्मी नगरपालिका–१४ बस्ने कमल महर्जन रहेका छन् । घटना सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement