बाँके – कोहलपुर नगरपालिका–११ चौराहबाट अवैध लागूऔषध ब्राउनसुगर ३ ग्राम ८७० मिलिग्रामसहित २ जनालाई बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा कोहलपुर नगरपालिका–२ मुक्तिनगर बस्ने २४ वर्षीय नवराज कनउ मगर र २२ वर्षीय निरज रायमाझी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई लागूपदार्थसहित पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया