हिउँ चितुवाको आखेटोपहारसहित दुई जना पक्राउ

हिउँ चितुवाको आखेटोपहारसहित दुई जना पक्राउ


चितवन – संरक्षित वन्यजन्तु हिउँ चितुवाको आखेटोपहारसहित दुई जनालाई पक्राउ गरिएको छ । चितवन राष्ट्रिय निकुञ्जले उनीहरूलाई मङ्गलबार पक्राउ गरेर आज सार्वजनिक गरेको हो ।

निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरले निकुञ्जका कर्मचारी र नेपाली सेनाको टोलीले विशेष सूचनाका आधारमा उनीहरूलाई भरतपुर महानगपालिका – १० बाट पक्राउ गरिएको जानकारी दिए ।

अभियुक्तहरूलाई अनुसन्धानका लागि निकुञ्जको हिरासतमा राखिएको छ । उनीहरूलाई वन्यजन्तु संरक्षण ऐन २०२९ को दफा २६ (१) बमोजिम कारबाही हुने सूचना अधिकारी थापामगरले जानकारी दिए ।