काठमाण्डु – चन्द्रागिरी नगरपालिका–२ नागढुंगाबाट अवैध लागूऔषध खैरो हेरोइन १५० ग्रामसहित भारत घर भएका ३७ वर्षीय गोबिन्द बालालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले काँकडभिट्टाबाट काठमाण्डुतर्फ आउँदै गरेको प्र १–०१–००६ ख ४७९६ नम्बरको बसमा सवार उनलाई लागूपदार्थसहित पक्राउ गरिएको छ ।
थप अनुसन्धानका क्रममा चन्द्रागिरी नगरपालिका–११ बस्ने २६ वर्षीय रमन महर्जन र धादिङको थाक्रे गाउँपालिका–११ बस्ने ३८ वर्षीय बिनोद तामाङको समेत संलग्नता रहेको खुल्न आएपछि प्रहरीले उनीहरूलाई बा५१प ७५५८ नम्बरको मोटरसाइकलसहित पक्राउ गरेको छ ।
लागूऔषध सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया