जनकपुरका युवकको हत्या आरोपमा दुई जना पक्राउ


काठमाण्डु-  जनकपुरका युवकलाई अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरीको मनरासिस्वा नगरपालिका-२ ईटहर्वाका २४ वर्षीय किसनकुमार पण्डित र मुकेश पासवान रहेका छन् ।

जनकपुरधाम उपमहानगरपालिका-८ का रोहित साह र वडा नम्बर १३ का विष्णु साहको हत्यामा उनीहरू संलग्न रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement