बालुवाटारमा प्रदर्शन गर्दा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

बालुवाटारमा प्रदर्शन गर्दा राप्रपा नेपालका अध्यक्ष कमल थापा पक्राउ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – दैनिक प्रदर्शन गरिरहेका राजसंस्था पक्षधरहरूको आन्दोलनमा सहभागी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापा पक्राउ परेका छन् ।

प्रदर्शनकारीको जुलुस बालुवाटारतर्फ जान लागेका बेला प्रहरीले अध्यक्ष थापालाई नारायणचौरबाट पक्राउ गरेको छ ।

प्रदर्शनका क्रममा राजाको पक्षमा र सरकारको विरोधमा नाराबाजी गरिएको थियो ।