नेपाली नक्कली नोट छाप्ने दुई जना सशस्त्र प्रहरीको इन्टेलिजेन्स ब्युरोको नियन्त्रणमा


काठमाण्डु- सशस्त्र प्रहरी बलको इन्टेलिजेन्स ब्युरोले चार लाख पैंतीस हजार नेपाली नक्कली रुपैयाँसहित शनिबार सांझ दुई जनालाइ नियन्त्रणमा लिएको छ । सिरहा जिल्ला लाहान नगरपालिका वडा नम्बर ८ स्थित पशुपति माध्यमिक बिध्यालय नजिकको रोडबाट उनिहरुलाइ नियन्त्रणमा लिइएको हो ।

नक्कली नोट सहित नियन्त्रणमा लिइएकाहरुमा सिरहा जिल्लास्थित लाहान नगरपालिका वडा नम्बर १९ स्थायि घर भएका वर्ष ३० का मोहम्मद ओसिन र सोहि नगरपालिका १० स्थायी घर भएका २२ वर्षिय मोहम्मद राज शेख रहेका छन् ।

विशेष सूचनाको आधारमा नियन्त्रणमा लिइएका उनिहरुको साथ बाट चार सय पैंतिस थान एक हजार दरका नक्कली नोट , नोट बनाउन प्रयोग गरिने कागजको बण्डल , दुई थान मोबाइल सेट , ७ थान सिमकार्ड तथा एक हजार पचपन्न रुपैयाँ समेत बरामद भएको छ । उनिहरुलाई बरामद सामान सहित आबश्यक कारबाहीको लागि ईलाका प्रहरी कार्यालय लाहानमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement