जबरजस्ती करणी गरेको अभियोगमा २० वर्षीय किशोर पक्राउ


बर्दिया – बाँसगढी नगरपालिका-७ गौरीपारा बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक युवा पक्राउ परेका छन् ।बाँसगढी नगरपालिका-१ संघापुर बस्ने २० वर्षीय उनिस यादवलाई शनिबार दिउंसो प्रहरीले पक्राउ गरेको हाे ।

ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले यादवलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement