ज्यान मार्ने उद्योगका एक आरोपी पक्राउ


काठमाण्डु – प्रहरीले ज्यान मार्ने उद्योग लागेका एक जनालाई पक्राउ गरेको छ ।

महानगरीय अपराध अनुसन्धान टोलीले काठमाण्डुको कमलादीस्थित टाइम्स क्लवको पार्किङस्थलमा गत २०७४ साल असार ९ गते भएको ज्यान मार्ने उद्योगका एक आरोपीलाई पक्राउ गरेको हो ।

चेङगा तामाङलाई रड, हेलमेटलगायतका वस्तुले प्रहार गरी गम्भीर घाइते बनाउने पाँच जनाको समूहमध्यका काजी लामालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा काभ्रे रोसी गाउँपालिका–५ घर भइ हाल काठमाण्डु बौद्ध बस्ने काजी लामा भन्ने रोजकुमार लामा पक्राउ परेका हुन् ।

लामामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement