‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाउने युवक पक्राउ


काठमाण्डु – प्रहरीले बलात्कारी संगठन नामक फेसबुक ग्रुप चलाउने एक जनालाई पक्राउ गरेको छ ।

साइबर अपराध ब्यूरोले प्युठानका १९ वर्षीय नवीन बस्नेतलाई पूर्वी नवलपरासीबाट पक्राउ गरेको हो । उनलाई काठमाण्डु ल्याइँदै गरेको ब्यूरोका एसएसपी नवीन्द्र अर्यालले बताए ।

प्रहरीले यसअघि नै सो ग्रुपमाथि अनुसन्धान अघि बढाएको थियो । उनीमाथि सामाजिक सञ्जाल फेसबुकमा ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप खोलेर बलात्कारलाई प्रशय दिने गरेको आरोप लागेको छ ।

उनीमाथि विद्युतीय कारोबार ऐन बमोजिम कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement