चोरी गरेको अभियोगमा दुई जना पक्राउ


कास्की – प्रहरीले चोरी गरेको अभियोगमा एक जनालाई पत्राmउ गरेकोछ । जिल्लाको माछापुच्छ्रे गाउँपालिका–४ लाचोकस्थित शारदा एण्ड सरोज किराना पसलबाट रिचार्जकार्ड, नगद १ लाख ३० हजार रुपैयाँ, औंठी लगाएतका सामान चोरी गरेको अभियोगमा २ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा पोखरा महानगरपालिका(८ न्युरोड बस्नेतनहुँ रिसिङ गाउँपालिका–२ घर भएका ३० वर्षीय मधु थापा र कास्की माछापुच्छ्रे गाउँपालिका–४ लाचोक घर भएका ३८ वर्षीय सूर्य बहादुर घर्ती रहेका छन् ।

गत असोज २४ गते उक्त पसलबाट सामान चोरी गरी फरार भएको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बगरबाट खटिएको प्रहरीले अनुसन्धानको क्रममा न्युरोडस्थित मधुको कोठामा उक्त चोरी भएका सामान सहित फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुबाट नगद ७७ हजार २ सय ९० रुपैयाँ प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement