८५ वर्षकी आमाको हत्या गर्ने राम अवतार पक्राउ


सिरहा – सिरहामा आफ्नै आमाको हत्या आरोपमा छोरालाई प्रहरीले पक्राउ गरेको छ । जिल्लाको कर्जन्हा नगरपालिका–३ खैराटोल बस्ने बर्ष ४७ को राम अवतार साह सोनारले घरायसी झै–झगडाको कारण ८५ वर्षीया आमा सुदामा देवी शाहको हत्या गरेका थिए ।

उनलाई छोराले कात्तिक ११ गते घाँटी थिचेर घाईते बनाएका थिए । उनलाई थप उपचारका लागि जनकपुरस्थित राम जानकी मेडिकल लगिएको थियो । तर, त्यहाँ पनि उपचार सम्भव नभएपछि थप उपचारका लागि जिल्ला अस्पताल सिरहा लगिएको थियो ।

उनलाई आवश्यक कारवाहीको लागि ईलाका प्रहरी कार्यालय मिर्चैयामा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement