काठमाण्डुमा कैंची प्रहार गरी युवकको हत्या, भारत भाग्ने तयारीमा थिए सुबोध


काठमाण्डु – काठमाण्डुमा कैंची प्रहार गरी एक जना युवकको हत्या भएको छ । काठमाण्डु महानगरपालिकामा बस्दै आएका भारतको मोतीहारी घर भएका २५ वर्षीय कलाम मियाको हत्या भएको हो ।

प्रहरीले हत्या आरोपमा भारतका २५ वर्षीय सुबोध शर्मालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर, काठमाण्डुका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डिएसपी) प्रमेश विष्टले मंगलबार राति पौने १० बजे कैंची प्रहार गरी हत्या गरेकाे जानकारी दिए ।

सुबाेध हत्यापछि सुमो रिजर्भ गरेर वीरगञ्जतर्फ भागिरहेको अवस्थामा फर्पिङबाट पक्राउ गरेको डीएसपी विष्टले जानकारी दिए । उनी वीरगञ्जबाट भारत छिर्ने योजनामा रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । उनीहरु दुवै जनाले काठमाण्डुमा टेलरिङको काम गर्दै आएका थिए ।

पक्राउ परेका सुबोधमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनलाई महानगरीय प्रहरी वृत्त, बालाजुमा राखिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement