सेनाको टोलीद्वारा गैंडाको खाग तस्करीका नाइके पक्राउ


काठमाण्डु – नेपाली सेनाको टोलीले गैंडाको खाग तस्करीका मुख्य नाइकेलाई पक्राउ गरेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा संचालित ‘अपरेशन महाहण्ट–७’ मा खटिएको नेपाली सेना र निकुञ्ज कर्मचारीको संयुक्त टोलीले गैंडाको खाग तस्करीको नाईकेको साथै खाग लुटपाटमा समेत संलग्न रहेको अभियोगमा १ जनालाई पक्राउ गरी कसरा स्थित चितवन राष्ट्रिय निकुञ्ज कार्यालयमा बुझाएको छ ।

पक्राउ पर्नेमा चितवन जिल्ला कालिका नगरपालिका वडा नं. ९ शक्तिखोरका ३२ वर्षीय तारा भनिने बीरमान सिंह प्रजा रहेका छन् । अपरेशन महाहण्ट–७ अन्तर्गत भइरहेका सफल कारवाहीहरुले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षहरुमा संरक्षित जीवजन्तु र प्राकृतिक सम्पदाहरुको सुरक्षा थप प्रभावकारी भई चोरी शिकारीका घटनाहरु नियन्त्रणमा आउने विश्वास नेपाली सेनाले लिएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement