सहकर्मी महिलामाथि दुर्व्यवहार गर्ने शिक्षक पक्राउ


दाङ – प्रहरीले सहकर्मी शिक्षिकामाथि दुर्व्यवहार गरेको आरोपमा एक जनालाई पक्राउ गरेको छ ।

घोराही स्थित सिद्धार्थ एकेडेमीमा कार्यरत शिक्षक शिव कुमार रानाले सहकर्मी शिक्षिकालाई दुर्व्यवहार गरेको भिडियो बाहिरिएको थियो ।

जिल्ला प्रहरी कार्यालय दाङले रानालाई गरेको र अभद्र व्यवहार सम्बन्धी कसुरमा म्याद थप गरेर अनुसन्धान तथा कानुनी कारबाही अगाडी बढाईएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement