प्रेमिकाको अस्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने पक्राउ


कञ्चनपुर – प्रेमिकाको अस्लिल भिडियो बनाएर सामाजिक सञ्जालमा राख्ने एक जना पक्राउ परेका छन् ।

आफ्नी प्रेमिकासँगको अश्लिल भिडिओ बनाएर सामाजिक सञ्जालमा राख्ने जिल्लाको कृष्णपुर नगरपालिका–५ का २० वर्षीय मोहनराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।

केही समयदेखि प्रेमसम्बन्धमा रहेका बेला भिडिओ बनाइएको र अहिले एकापसमा तिक्तता बढेपछि इन्टरनेटमा राखिदिएको खुलेपछि भट्टलाई पक्राउ गरिएको कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमर थापाले जानकारी दिए ।

विवाह गर्ने प्रलोभनमा पारेर जबर्जस्तीकरणी गरी अश्लिल भिडिओ समेत बनाएको आरोपमा पीडित पक्षले मुद्दा दायर गरेका थिए । यस घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement