नक्कली भिषा देखाएर क्रोएसिया पठाउने दुई जना पक्राउ


काठमाण्डु – महानगरिय अपराध महाशाखाले नक्कली भिषा देखाएर क्रोएसिया पठाउने दुई जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा सप्तरी डाक्नेश्वरी नपा ६ औरही स्थायी ठेगाना भएका मोहम्मद सहजाद आलम र सिन्धुली कमलामाई नपा ११ भिरगाँउका सुकवान वाईबा पक्राउ परेको अपराध महाशाखा प्रमुख एसएसपी दिपक थापाले जानकारी दिए ।

उनीहरुले रोजगारीका लागि क्रोएसिया पठाउने भन्दै ९ जनासँग प्रति ब्यक्ती ३ लाख सात हजार असुलेको जानकारी प्राप्त भएको छ ।

काठमाण्डुको बुढानिल्कण्ठ स्थित कपन फैकामा अस्थाई बसोबास गर्दै आएका थिए । उनीहरुलाई थप अनुसन्धान र कारबाहीका लागि महाशाखाले प्रहरी परिसर काठमाण्डु पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement