प्रधानमन्त्री कपः आर्मीको लगातार दोस्रो जित


काठमाडौं – प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगितामा त्रिभुवन आर्मी क्लवले लगातार दोस्रो जित निकालेको छ ।

समूह बी अन्तगर्त आइतबार भएको दोस्रो खेलमा आर्मीले प्रदेश नम्बर १ माथि १ सय १३ रनको जित निकालेको हो । आर्मीको जितमा शुसनले उत्कृष्ट बलिङ गरेका छन् ।

२ सय ५ रनको लक्ष्य पछ्‍याएको १ नम्बर प्रदेश २६ दशमलव ५ ओभरमा ९१ रनमा अलआउट भएपछि आर्मीले लगातार सहज जित निकालेको हो ।

प्रदेशका १ लागि राजन मगरले २६ रन बनाउनु बाहेक अन्यको प्रदर्शन निकै फितलो रह्यो । मुकन्द यादवले १८ तथा रबी रोयले १० रन बनाउनु बाहेक अन्यले दोहोरो रन बनाउन सकेनन् । १ नम्बरलाई सस्तैमा रोक्न आर्मीका शुसनले ह्याट्रिक विकेट लिए ।

करण केसीले २ विकेट लिँदा शाहब आलम, हरी चौहान र जितेन्द्र मुखियाको नाममा १(१ विकेट रह्यो । यसअघि पहिला ब्याटिङ गरेका आर्मीले ४५ दशमलब ३ ओभरमा अलआउट हुँदै २ सय ४ रन बनाएको थियो । आर्मीका लागि राजेश पुलामीमगरले अर्धशतक बनाए । ९३ बल सामना गरेका उनले ४ चौकाको मदतमा ५६ रन बनाए । हरी चौहानले ४१ रन बनाउँदा कप्तान बिनोद भण्डारीले ३०,करण केसीले २६ रनको योगदान दिएका थिए ।

कुशल मल्ल १६ रनमा पभेलियन फर्किँदा रोहित पौडेल र जितेन्द्र मुखियाले ८(८ तथा राजु रिजालले ६ रन बनाएका थिए । प्रदेश १ का दिपेश कँडेलले ३, मुकुन्द यादब, सिद्धान्त लोहनी र फरदोस अन्सारीले २(२ विकेट लिए । पुष्प थापाको नाममा १ विकेट रहेको थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement