अर्थ मन्त्रालयका शाखा अधिकृत थपलियाविरुद्ध अख्तियारले दायर गर्यो भ्रष्टाचारको मुद्दा


काठमाण्डु – अर्थ मन्त्रालयका तत्कालीन शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचारको मुद्दा दायर गरेको छ । अख्तियारका अनुसार जागिरे जीवनको अवधिमा हैसियतभन्दा बढी सम्पत्ति आर्जन गरेको पाइएपछि उनीविरुद्ध भ्रष्टाचारको मुद्दा दायर गरिएको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिहीबार अवकाशप्राप्त शाखा अधिकृत उद्धवप्रसाद थपलियाविरुद्ध १ करोड ६४ लाख ८९ हजार सातसय बराबरको गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै सोही रकम बराबरको बिगो मागदावीसहित विशेष अदालतमा मुद्दा दर्ता गरेको हो ।

थपलिया अर्थ मन्त्रालयल मातहतका विभिन्न निकायमा रहँदा २ करोड ६७ लाख ७१ हजार ९ सय अन्ठाउन्न रुपैयाँ आर्जन तथा लगानी गरेको देखिएको र उक्त रकममध्ये १ करोड ६४ लाख ८९ हजार सातसय रुपैयाँको स्रोत नखुलेको अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

थपलियाले २०४० फागुन ६ देखि अवकाश भएको मिति २०७५ चैत्र ३० सम्मको जाँच अवधिमा सिर्जित सम्पत्ति १ करोड २ लाख ८२ हजार २ सय अन्डाउन्न रुपैयाँ मात्रै रहेको अख्तियारले जनाएको छ । थपलियाले उक्त सम्पत्ति गैरकानुनी ढङ्गले आर्जन गरेको पुष्टि हुन आएको भन्दै सार्वजनिक पद धारण गरेका उद्धवप्रसाद थपलियाले साविक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा ९१० बमोजिमको कसुर गरेको अख्तियारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
Advertisement